संक्षिप्त परिचय


 

पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने गौतम वुद्धको क्रिडास्थल कपिलवस्तु जिल्ला २७० २५'उत्तर देखि २७० ८४' उत्तरी अक्षांश ८२० ७५' पुर्व देखि ८३० १४ ' पुर्वी देशान्तरका वीचमा अवस्थित कूल क्षेत्रफल १७३८०० हेक्टर अर्थात करीव १७३८ वर्ग कि.मी.रहेको यो जिल्लाको पुर्वमा रुपन्देही, पश्चिममा दाङ,दक्षिणमा भारत तथा उत्तरमा अर्घाखाँची जिल्ला पर्दछ

उत्तरमा चुरेपर्वतको श्रृंखलामा पर्ने चार कोषे झाडी दक्षिणमा तर्राईको समथर भूमी तथा अनेकौं नदी नाला अमूल्य वन सम्पदा तथा वन्य जन्तु प्रसस्त पाइने यो जिल्ला धार्मिक ऐतिहासिक एवं पुरातात्विक दृष्टिले पनि महत्वपुर्ण मानिन्छ यस जिल्लाको घरधुरी संख्या ८२५९८ भने जम्मा जनसंख्या ४९८३८६ रहेको घरधुरी र्सर्वेक्षण ०६५ ले देखाएको

यस जिल्लाको ७७ गा.वि.. .पा.मा जम्मा ४०६ सामुदायिक ६५ संस्थागत विद्यालय गरी जम्मा यस जिल्लाको ७७ गा.वि.. .पा.मा जम्मा ४०६ सामुदायिक ६५ संस्थागत विद्यालय गरी जम्मा ४७१ विद्यालय सञ्चालनमा छन् जसमध्ये ३०८ प्रा.वि., ७२ नि.मा.वि., ५५ मा.वि. ३६ .मा.वि.छन् ५२८ बाल विकास केन्द्र तथा १३५ मदरसा एवं गुम्वा आश्रम वटा सञ्चालनमा रहेका छन् यस जिल्लामा स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन गर्ने अन्य समेत जम्मा वटा क्याम्पस  सञ्चालनमा रहेका छन्

जिल्लाका सामुदायिक विद्यालयहरुमा प्रा.वि.दरवन्दी ९९६, नि.मा.वि. १५९ मा.वि. १४० तथा प्रा.वि.,नि.मा.वि. मा.वि. उच्च मा.वि.मा क्रमस ४२७, १००, ९५  ४९ वटा राहत दरवन्दीको व्यवस्था रहेको  

शिक्षामा गुणात्मकता कायम राख्न अनुगमन निरीक्षण सुपरीवेक्षण पक्षमा विद्यालयहरुलाई सहयोग पु-याउने उद्धेश्यले जिल्लालाई १० वटा स्रोतकेन्द्र समूहमा विभाजन गरी स्रोतव्यक्तिहरुलाई स्रोतकेन्द्र विद्यालयकै प्रत्यक्ष नेतृत्वमा कामकाज गराइदै आएको भने जना विद्यालय निरीक्षकहरुद्धारा स्रोतकेन्द्र एवं तत् अन्तरगतका विद्यालयहरुको निरीक्षण गर्ने व्यवस्था मिलाइएको

अनौपचारिक शिक्षा अभियान सञ्चालनका क्रममा लिइएको घर धुरी र्सर्वेक्षण २०६७को आधारमा १५ वर्षभन्दा माथि यस जिल्लाको साक्षरता  ५७. प्रतिशत रहेको देखिन्छ समग्र विकासको सूचक वा साधन शिक्षा भएकोले औपचारिक अनौपचारिक शिक्षाका विविध कार्यक्रम समेत यस जिल्लामा सञ्चालन हुदै आएका छन्

 

 नगरपालिका

 संख्या:

 

  • कपिलवस्तु नगरपालिका कृष्णनगर नगरपालिका शिवराज नगरपालिका वाणगंगा नगरपालिका बुद्धवाटिका नगरपालिका भृकुटी नगरपालिका

        गाउँपालिका संख्या:

  •        कनकमुनी गाउँपालिका, गौतमबुद्ध गाउँपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, बहादुरगञ्ज गाउँपालिका, विजयनगर गाउँपालिका

Post a Comment

Previous Post Next Post